नेप्सेको को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ५ जनाको नाम छनोट, को को परे ? सूचीमा - Chaitanya News
  • 2026-07-06
  • 05:08:15
  • आइतबार,आषाढ २१, २०८३
  • नेप्सेको को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ५ जनाको नाम छनोट, को को परे ? सूचीमा

    नेप्सेको को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ५ जनाको नाम छनोट, को को परे ? सूचीमा

    काठमाडौँ– सरकारले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको नाम छनोट गरी छनोट भएका ५ जनालाई चैत ६ गते बुधवार अन्तरवार्ता र प्रस्तुतिका लागि बोलाइएको छ।

    सिइओको लागि आवेदन दिएका १० जनामध्ये संक्षिप्त सूचीमा ५ जना परेका हुन्। संक्षिप्त सूचीमा झापाका चुडामणी चापागाईँ, सर्लाहीका नारद कुमार लुइँटेल, इलामका पूर्णबहादुर आचार्य, नुवाकोटका बद्रीप्रसाद प्याकुरेल र पाल्पाका हेमन्त बस्याल परेका हुन्। सिइओ नियुक्तिका लागि गठित सिफारिस समितिले खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि आवेदन माग गरेको थियो।