चिया तथा कफी विकास बोर्ड कार्यकारी निर्देशकको जिम्मेवारी फाइन्द्र पाण्डेलाई - Chaitanya News
  • 2026-07-06
  • 05:07:00
  • आइतबार,आषाढ २१, २०८३
  • चिया तथा कफी विकास बोर्ड कार्यकारी निर्देशकको जिम्मेवारी फाइन्द्र पाण्डेलाई

    चिया तथा कफी विकास बोर्ड कार्यकारी निर्देशकको जिम्मेवारी फाइन्द्र पाण्डेलाई

    काठमाडौं– सरकारले नेपाल चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी फाइन्द्र पाण्डेलाई दिने निर्णय गरेको छ। हिजो (सोमबार) राति बसेको मन्त्रिपरिषद् बैठकले लमजुङका पाण्डेलाई बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।

    कार्यकारी निर्देशक नियुक्त गर्न गठित कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिस समितिले सात जनाको सिफारिस गरेको थियो। समितिको १९ असार २०८१ मा भएको निर्णय अनुसार बोर्डमा रिक्त कार्यकारी निर्देशकमा नियुक्तिका लागि दरखास्त स्वीकृत भएका उम्मेदवारको व्यावसायिक कार्ययोजना मागिएको थियो।

    १ पुसमा बसेको सिफारिस समिति बैठकले कार्यकारी निर्देशक उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता मिति तोकेको थियो।

    समिति सिफारिस अनुसार ८ पुसमा गौरव लुइँटेल, नवराज सापकोटा, फाइन्द्रराज पाण्डे र मनोज बस्नेतको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता कृषि मन्त्रालयमा भएको थियो ।त्यस्तै ९ पुसमा राजेन्द्र श्रेष्ठ, रामचन्द्र ढकाल र डा। विष्णुप्रसाद भट्टराईको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता भएको थियो।

    तीमध्ये उत्कृष्ट एक जनालाई मन्त्रिपरिषद् निर्णयपछि कृषि मन्त्रालयले बोर्ड कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने प्रावधान अनुसार पाण्डेलाई मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।