पहिलो सात महिनामा भित्रियो ९ खर्ब रेमिट्यान्स - Chaitanya News
  • 2026-07-06
  • 06:48:01
  • सोमबार,आषाढ २२, २०८३
  • पहिलो सात महिनामा भित्रियो ९ खर्ब रेमिट्यान्स

    पहिलो सात महिनामा भित्रियो ९ खर्ब रेमिट्यान्स

    काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय स्थिति रिपोर्ट सार्वजनिक गरेको छ । सार्वजनिक रिपोर्ट अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा ९ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।जस अनुसार साउनदेखि माघ मसान्तसम्म ९ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।

    गत आर्थिक वर्षको यसै अवधिको तुलनामा यो रेमिट्यान्स रकम ७.३ प्रतिशत बढेको हो। अमेरिकी डलरमा भने ५.३ प्रतिशत मात्रै रेमिट्यान्स वृद्धि भएको छ। माघ महिनामा मात्रै १ खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

    चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ छ। पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो।