नेपाल स्टक एक्सचेन्जको मुख कार्यकारी अधिकृत (सिइओ) को लागि १० जनाले दिए आवेदन - Chaitanya News
  • 2026-07-06
  • 06:48:00
  • सोमबार,आषाढ २२, २०८३
  • नेपाल स्टक एक्सचेन्जको मुख कार्यकारी अधिकृत (सिइओ) को लागि १० जनाले दिए आवेदन

    नेपाल स्टक एक्सचेन्जको मुख कार्यकारी अधिकृत (सिइओ) को लागि १० जनाले दिए आवेदन

    काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि आइतबार साँझस १० जनाको आवेदन परेको छ ।

    नेप्सेको सिइओ बन्नका लागि पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल, नारद कुमार लुइँटेल, युवराज दाहाल, प्रवीण अधिकारी र चूडामणि चापागाईँको आवेदन परेको छ। यसका साथै बिमल कुमार तिवारी, कृष्ण बहादुर कार्की, हेमन्त बश्याल, मुकुन्द राज जोशीले पनि सीईओका लागि आवेदन दिएका छन्।

    सिइओ नियुक्तिका लागि गठित सिफारिस समितिले खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि आवेदन माग गरेको थियो।