सरकारले तोक्यो आर्थिक वर्ष २०८१–०८२ को लागि चैते धानको न्यूनतम समर्थन मूल्य - Chaitanya News
  • 2026-07-06
  • 06:47:15
  • सोमबार,आषाढ २२, २०८३
  • सरकारले तोक्यो आर्थिक वर्ष २०८१–०८२ को लागि चैते धानको न्यूनतम समर्थन मूल्य

    सरकारले तोक्यो आर्थिक वर्ष २०८१–०८२ को लागि चैते धानको न्यूनतम समर्थन मूल्य

    काठमाडौँ– सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । अस्ति (बुधबार( साँझ बसेको मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्ष २०८१–०८२ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ८०० रुपैयाँ ६९ पैसा न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो।

    सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय गरेको छ।