फेरि बढ्न थाल्यो अमेरिकी डलरको भाउ - Chaitanya News
  • 2026-06-15
  • 22:52:59
  • सोमबार,आषाढ ०१, २०८३
  • फेरि बढ्न थाल्यो अमेरिकी डलरको भाउ

    फेरि बढ्न थाल्यो अमेरिकी डलरको भाउ

    काठमाडौं– अमेरिकी डलरको भाउ फेरि बढ्न थालेको छ। अमेरिकी डलर एकको खरिददर १ सय ३० रुपैयाँ ५७ पैसा र विक्रीदर १ सय ३१ रुपैयाँ १७ पैसा पुगेको नेपाल राष्ट्र बैँकले जनाएको छ।

    यूरो एकको खरिददर १ सय ३७ रुपैयाँ ८७ पैसा तथा बिक्रीदर १ सय ३८ रुपैयाँ ५० पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ६० रुपैयाँ ४१ पैसा तथा बिक्रीदर १ सय ६१ रुपैयाँ १५ पैसा रहेको छ।

    यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९८ पैसा तथा बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा तथा बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।