सेयर बजार २.७० अंकले घट्यो, कारोबार १० अर्ब १० करोड - Chaitanya News
  • 2026-07-06
  • 06:46:28
  • सोमबार,आषाढ २२, २०८३
  • सेयर बजार २.७० अंकले घट्यो, कारोबार १० अर्ब १० करोड

    सेयर बजार २.७० अंकले घट्यो, कारोबार १० अर्ब १० करोड

    काठमाडौँ– सेयर बजार आज झिनो अंकले घटेको छ। सोमबारदेखि घट्न थालेको नेप्से साताको अन्तिम दिन बिहीबार २.७० अंकले घटेको हो। योसँगै बजार परिसूचक २८१८.४३ विन्दुमा ओर्लिएको छ। यस्तै आज बजारमा १० अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भयो।

    आज बजारमा ९९ कम्पनीको मूल्य बढेको छ। १३२ कम्पनीको मूल्य घटेको छ भने बाँकी १२ कम्पनीको मूल्य स्थिर रहेको छ। बजारमा आज भुगोल इनर्जी र गार्डियन लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ। नबिल बैंक डिबेञ्चरमा मूल्य सबैभन्दा धेरैले घटेको छ।

    बजारमा डेभलपमेन्ट बैंकसहित चार समूहको सूचक बढेको छ। बाँकी ९ समूहको सूचक घटेका छन्। कारोबार रकमका आधारमा आज पनि हिमालयन रि–इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी अगाडि छन्। आज पनि दुवै कम्पनीको कारोबार रकम १ अर्ब भन्दा माथि रहेको छ। कारोबार सङ्ख्याका आधारमा भने आज गार्डियन लाइफ इन्स्योरेन्स अगाडि रह्यो।