काठमाडौं– सांसद रामहरि खतिवडाले अमेरिकाले उपलब्ध गराउँदै आएको सहयोग रकम र खर्चबारे श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् ।
आज (बिहीबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारसँग यस्तो माग गरेका हुन्।
अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भयो भनेर बारम्बार चर्चा हुने गरेको भन्दै उनले सहयोग रकम नेपालमा कति आएको हो त्यसबारे सरकारले श्वेतपत्र जारी गर्नुपर्नेमा उनको जोड थियो।
‘यस्तो रकम कति नेपालमा आएको हो र क(कसले प्रयोग गरे रु त्यो नेपाल सरकार वा अर्थ मन्त्रालय कसले स्वेत पत्र जारी गर्नुपर्ने हो, त्यो जारी गरियोस्,’ उनले भने।
एनजीओ र आईएजीओको रूपमा नेपाल आएको र अन्य काममा प्रयोग भएको रकम कति छन् भनेर उनले प्रश्न गरेका हुन्।