आजको तरकारी तथा फलफूलको मूल्य कति छ? - Chaitanya News
  • 2026-07-28
  • 19:03:40
  • मंगलबार,साउन १२, २०८३
  • आजको तरकारी तथा फलफूलको मूल्य कति छ?

    आजको तरकारी तथा फलफूलको मूल्य कति छ?

    काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मङ्लबार कालो अंगुर २१ रुपैयाँले घटेर सोको औसत मूल्य प्रतिकेजी ३२५ रुपैयाँ रहेको जनाएको छ। हरियो अंगुर ३३५ रुपैयाँ, अदुवा र नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ, अनार रु २२ ले घटेर ३१३ रुपैयाँ ३३ पैसा, अमला ६६ रुपैयाँ ६७ पैसा रहेको समितिले जनाएको छ।

    अम्बा १४० रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ५३ रुपैयाँ, सेतो आलु ४२ रुपैयाँ ५० पैसा, उखु प्रतिवटा ८५ रुपैयाँ, स्थानीय काउली २३ रुपैयाँ , कागती ११० रुपैयाँ, किवि २३३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी ३५ रुपैयाँले बढेर २७५ रुपैयाँ कायम रहेको छ।

    लोकल गाँजरको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेडा ३३ रुपैयाँ २० पैसा , राजमा घिउ सिमी ११६ रुपैयाँ ६७ पैसा, घिरौँला ८६ रुपैयाँ ६७ पैसा, चम्सुरको साग ९६ रुपैयाँ ६७, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ४० घटेर ३३० रुपैयाँ कायम रहेको छ।

    तितो करेला ६६ रुपैयाँ, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, लोकल परवर ५६ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ३५ रुपैयाँ र हरियो धनियाँ १४० रुपैयाँ रहेको छ।