श्रम, रोजगार मन्त्रालयअन्तर्गत रहेको सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र विस्तारको अभियान प्रारम्भ - Chaitanya News
  • 2026-07-06
  • 06:45:37
  • सोमबार,आषाढ २२, २०८३
  • श्रम, रोजगार मन्त्रालयअन्तर्गत रहेको सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र विस्तारको अभियान प्रारम्भ

    श्रम, रोजगार मन्त्रालयअन्तर्गत रहेको सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र विस्तारको अभियान प्रारम्भ

    काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने लक्ष्यसहित कार्य प्रारम्भ गरेको छ।

    पहिलो चरणमा मधेश प्रदेशमा केन्द्र स्थापना गर्न मन्त्रिपरिषद्को निर्णयअनुसार फागुन २० गते भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरी र मन्त्रालयबीच सम्झौता सम्पन्न भई आवश्यक जग्गा प्राप्त गरिएको मन्त्रालयले जनाएको छ।

    यसै क्रममा, साउदी सरकारबाट बहुउद्देश्यीय पोलीटेक्निकल इन्स्टिच्युट स्थापनाका लागि प्राप्त १० लाख अमेरिकी डलर आर्थिक सहयोग तथा अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको प्राविधिक सहयोगमा महोत्तरीको बलवा नगरपालिकामा प्रशिक्षण केन्द्र स्थापना प्रक्रिया अघि बढाइएको छ।

    मन्त्रालयले प्रतिष्ठान मातहतका विभिन्न व्यावसायिक प्रशिक्षण केन्द्रमार्फत श्रम बजार केन्द्रित सीपमूलक तालिम सञ्चालन, दक्ष जनशक्ति उत्पादन, सीप परीक्षण, स्तरीकरण तथा प्रमाणीकरणलाई प्राथमिकता दिएको जनाएको छ। प्रमुख श्रम गन्तव्य मुलुकहरूसँग द्विपक्षीय संवाद र समन्वय गर्दै सीपयुक्त जनशक्ति उत्पादन र रोजगारीका अवसर वृद्धि गर्ने लक्ष्य राखिएको छ।