बढ्यो खाना पकाउने एलपी ग्यासको मूल्य - Chaitanya News
  • 2026-07-01
  • 03:47:16
  • मंगलबार,आषाढ १६, २०८३
  • बढ्यो खाना पकाउने एलपी ग्यासको मूल्य

    बढ्यो खाना पकाउने एलपी ग्यासको मूल्य

    काठमाडौँ– खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १२ रुपैयाँ ७५ पैसाले बढेको छ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीचको बैठकमा आयल निगम सञ्चालक समितिको २ दिनअघि बसेको बैठकले गरेको ग्यासको भाडा समायोजनसम्बन्धी निर्णय जानकारी गराइएको छ।

    वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादु कार्कीसहितका सरकारी प्रतिनिधि र व्यवसायीबीच भएको ४ घण्टा लामो वार्तामा ५ बुँदे सहमति भएको छ।