लोकसेवाका वैकल्पिक उम्मेदवारलाई काठमाडौं महानगरमा जागिरको अवसर - Chaitanya News
  • 2026-04-23
  • 16:06:53
  • बिहिबार,बैशाख १०, २०८३
  • लोकसेवाका वैकल्पिक उम्मेदवारलाई काठमाडौं महानगरमा जागिरको अवसर

    लोकसेवाका वैकल्पिक उम्मेदवारलाई काठमाडौं महानगरमा जागिरको अवसर

    काठमाडौं- लोकसेवा आयोगले लिएको परीक्षामा वैकल्पिक उम्मेदवारका रूपमा सिफारिस भएकाहरूलाई काठमाडौं महनागरपालिकाले जागिर दिने भएको छ।

    महानगरले एक सूचना जारी गर्दै लोकसेवा आयोगको परीक्षामा वैकल्पिकमा सिफारिस भएकाहरूलाई सात दिनभित्र निवेदन दिन आग्रह गरेको छ।

    महानगरपालिकाले मातहतका कार्यलयमार्फत सम्पादन हुने पूर्वाधार सम्बन्धी कामका लागि करारमा इन्जिनियर नियुक्त गर्ने भएको हो

    महानगरले एक सूचना जारी गर्दैउ अस्थायी तथा वैकल्पिक योग्यता क्रममा भएका सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियर उम्मेदवारहरूलाई सात दिनभित्र आवश्यक कागजातसहित निवेदन दिन आग्रह गरेको छ।