काठमाडौँ– बैंकिङ कसुर तथा सजाय विधेयकमा संशोधन प्रस्ताव राख्ने समय खुला भएको छ।
अहाज (आइतबार) बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
जसलाई सभाले सर्वसम्मत रूपमा स्वीकार गरेको छ। यो सँगै सांसदहरूले ७२ घण्टाभित्र संशोधन हाल्न सक्ने समय खुला भएको हो।
यो विधेयक तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले ६ जेठ २०८० मा प्रतिनिधि सभामा दर्ता गरेका थिए । प्रतिनिधि सभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको हो।