देशभर चिसो बढ्यो - Chaitanya News
  • 2026-04-23
  • 16:06:55
  • बिहिबार,बैशाख १०, २०८३
  • काठमाडौं – देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतत तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ ।

    मौसमविदहरूका अनुसार साँझ र बिहान अझ चिसो हुने गरेको छ ।

    पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ । तर, मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    एक किलोमिटर भन्दा कम पारदर्शिता हुँदा कुहिरो र त्यसभन्दा बढी पारदर्शिता हुँदा हुस्सु लाग्ने सम्भावना धेरै हुन्छ ।

    हाल पहाडी भूभागमा आंशिक बदली छ ।