कठमाडौ -नेपाली कांग्रेसका नेता आनन्द विष्टले वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने बताएका छन् ।नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष एवं कांग्रेस पूर्वकेन्द्रीय सदस्य विष्टले स्याङ्जामा आयोजित कार्यक्रममा बोल्दै यस्तो बतएक हुन् ।
उनले संविधानको सफल कार्यान्वयन र मुलुकको समृद्धिका लागि वर्तमान गठबन्धनकै नेतृत्वमा सरकार बन्नु पर्नेमा जोड दिए ।कांग्रेसले गठबन्धनमा इमानदारिता देखाएको छ । असल राजनीतिक संस्कार प्रस्तुत गरेको छ । त्यसैले अबको सरकार पनि कांग्रेसको नेतृत्वमा वर्तमान सत्ता गठबन्धन दलकै सहकार्यमा हुनुपर्छ,’ विष्टले भने ।
यसअघि जनताले बहुमत दिएर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बाम गठबन्धन बने पनि त्यसले मुलुकको समृद्धि र स्थायित्वमा काम गर्न नसकेको उनको आरोप छ ।
जनतामा राजनीतिक दलप्रति वितृष्णा पैदाहुन नदिन पनि एकताबद्ध भएर जानुको विकल्प नभएको उनले बतए । मुलुकमा राजनीतिक स्थिरता कायम गर्दै समृद्धिको मार्गमा जानु नै अहिले प्रथम आवश्यकता बताएको विष्टले बताए ।
अब युवाहरूले स्वदेशमै रोजगारीको प्रत्याभूति खोजिरहेका छन् । त्यसका लागि उद्योग धन्दा, कलकारखानाको विकास हुनुपर्छ । लगानी मैत्री वातावरण निर्माण गर्नुपर्छ । कृषिमा आधुनिकीकरण हुनुपर्छ । शिक्षा र स्वास्थ्य राज्यको प्राथमिकतामा पर्नुपर्छ । विद्युत् उत्पादनलाई प्राथमिकता राख्नुपर्छ । त्यसपछि मात्र हामीले जनताको मन जित्नुका साथै समृद्धि हासिल गर्न सक्ने छौं विष्टले भने ।
यी सबै कुरा हुनका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको बताउँदै उनले एकल बहुमत नरहेको अवस्थामा वर्तमान सत्ता गठबन्धन दलहरू एक भएर अघि बढेमात्रै त्यो सम्भव रहेको बताए ।