काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले युरोपेली संघ (इयु( बाट आउने कारहरू सहितका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको बताएका छन्।
चाँडै यसको घोषणा हुने उनको भनाइ छ। कारसहित अन्य सबै कुराहरुमा २५ प्रतिशत कर लगाउने बताए। अमेरिकाको युरोपेली संघसँग करिव ३ सय अर्ब डलरको घाटा रहेको उनले बताए।
अमेरिकासँग उनीहरुले फरक तरिकाले फाइदा उठाएको भन्दै इयुले आफ्ना उत्पादनहरु स्वीकार नगरेको आरोप लगाए।
इयुले मुलतः कृषि उत्पादनहरु स्वीकान नगर्ने उनको भनाइ छ। एजेन्सी