मोबाइलमा अब ५० रुपैयाँ भन्दा कम रिचार्ज गर्न नमिल्ने - Chaitanya News
  • 2026-07-01
  • 01:53:16
  • मंगलबार,आषाढ १६, २०८३
  • मोबाइलमा अब ५० रुपैयाँ भन्दा कम रिचार्ज गर्न नमिल्ने

    मोबाइलमा अब ५० रुपैयाँ भन्दा कम रिचार्ज गर्न नमिल्ने

    काठमाडौँ– मोबाइलमा अब ५० रुपैयाँ भन्दा कम रिचार्ज गर्न नमिल्ने भएको छ। नेपालका दुवै सेवा दूरसञ्चार सेवा प्रदायकले मोबाइल टपअपको सीमा न्यूनतम ५० रुपैयाँ कायम गरेका हुन्। यसअघि यो सीमा १० रुपैयाँ थियो।

    मोबाइलमा रिचार्ज टपअप सेवा प्रदान गर्ने बैङ्क तथा भुक्तानी सेवा प्रदायकमार्फत अब न्यूनतम ५० रुपैयाँ मात्रै भुक्तानी गर्न मिल्ने नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए। यो निर्णय वार्षिकोत्सवकै दिन भएको भए पनि कार्यान्वयन भने आज (फागुन १५ गते) देखि लागू भएको उनको भनाइ छ।

    उनका अनुसार सानो सानो रिचार्जले टपअपको सङ्ख्या पनि धेरै हुने गरेको र भ्यालिडिटीको समेत समस्या भएकोले यो व्यवस्था गरिएको उनको भनाइ छ। यसमा अन्य कुनै आर्थिक कारण नभएको उनको भनाइ छ।

    आजैदेखि एनसेलले पनि सोभन्दा कम सीमामा रिचार्ज गर्न नमिल्ने बनाएको छ ।