मदन पुरस्कार–२०८१ का लागि सर्जकहरूसँग आवेदन माग - Chaitanya News
  • 2026-07-01
  • 01:53:16
  • मंगलबार,आषाढ १६, २०८३
  • मदन पुरस्कार–२०८१ का लागि सर्जकहरूसँग आवेदन माग

    मदन पुरस्कार–२०८१ का लागि सर्जकहरूसँग आवेदन माग

    काठमाडौं– मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८१’ का लागि सर्जकहरूसँग आवेदन माग गरेको छ।

    आज (बिहीबार) एक सुचना जारी गर्दै गुठीले २०८१ साल (१५ अप्रिल २०२४ देखि १४ अप्रिल २०२५) भित्र प्रकाशित पुस्तकका लागि आवेदन माग गरेको हो।

    गुठीले उक्त अवधिमा प्रकाशित भएका पुस्तकका लेखकलाई आफ्नो पुस्तकका चार प्रतिसहित १५ वैशाख २०८२ भित्र मदन पुरस्कारका लागि आवेदन दिन भनेको छ।