गृहमन्त्रीले भने भूकम्पपछिको पुन:निर्माणले अब तीव्रता पाउँछ - Chaitanya News
  • 2026-07-01
  • 01:53:15
  • मंगलबार,आषाढ १६, २०८३
  • गृहमन्त्रीले भने भूकम्पपछिको पुन:निर्माणले अब तीव्रता पाउँछ

    गृहमन्त्रीले भने भूकम्पपछिको पुन:निर्माणले अब तीव्रता पाउँछ

    काठमाडौँ– गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आँकलन, पुन:निर्माण र पुन:स्थापनालाई तीव्रता दिइएको बताएका छन्।

    आज (बिहीबार) सिंहदरवारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औँ बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले भूकम्पपछिको पुननिर्माण एवं पुर्नस्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुन:निर्माण तथा पुन:स्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी गरिएको उनले जानकारी दिए।

    यस्तै उनले भने हामीले बितेको ६ महिनामा विस्तृत क्षति आँकलन र निजी घरको पुन:निर्माण एवं पुन:स्स्थापन गर्न आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापनको काम गरेका छौँ”, “त्यहाँ केन्द्रबिन्दु भएर गएका भूकम्पबाट निजी घरमा भएको क्षति आँकलन गर्ने काम अगाडि बढ्नुका साथै पुनस्निर्माण र पुनस्स्थापनको काम अगाडि बढाएका छौँ।”

    मन्त्रालयले गतवर्ष जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पपछिको पुनस्निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने गरी कार्ययोजना ल्याएको छ । गृहमन्त्री लेखकले आगामी साता बझाङ, अछाम र जाजरकोट पुगेर पुन:निर्माण तथा पुन:स्स्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटनका साथै त्यहाँको अवस्थाबारे जानकारी लिने गृह मन्त्रालयले जनाएको छ ।