काठमाडौं– फेसबुक चल्न सुरु भएको छ । आज बिहान ८ बजेदेखि फेसबुक नखुल्ने समस्या समाधान भएको छ।
डाउन डिटेक्टरका अनुसार फेसबुकमा गएराति ११ बजेदेखि नै प्रयोगकर्ताले समस्या आएको रिपोर्ट गरेका थिए। तर आज बिहान ८ बजेदेखि समस्या भएको भनेर रिपोर्ट गर्ने प्रयोगकर्ताको संख्या ११ हजार पुगेको थियो ,
ब्राउजुरमा फेसबुकको वेबसाइट खोल्न खोज्दा समस्या देखिएको र त्यसलाई समाधान गर्ने प्रयास गरिरहेको सन्देश डिस्प्ले भएको थियो। तर अहिले भने फेसबुक खुलिरहेको छ
।
के समस्याले नखुल्ने भएको हो भन्ने अझै स्पष्ट भइसकेको छैन
।