तराईमा हुस्सु लाग्ने, चिसो बढेकाले सुरक्षित रहन आग्रह - Chaitanya News
  • 2026-04-23
  • 12:43:01
  • बिहिबार,बैशाख १०, २०८३
  • तराईमा हुस्सु लाग्ने, चिसो बढेकाले सुरक्षित रहन आग्रह

    तराईमा हुस्सु लाग्ने, चिसो बढेकाले सुरक्षित रहन आग्रह

    काठमाडौं –  नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (मंगलबार) बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ ।

    आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहने छ । राति प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागलगायत लुम्बिनी प्रदेशमा आंशिक बदली रहने छ ।

    तराई भू–भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।