बाढी, पहिरोमा बेपत्ता भएका परिवारलाई मृतकसरह राहत दिने सरकारको निर्णय - Chaitanya News
  • 2026-07-01
  • 02:11:51
  • मंगलबार,आषाढ १६, २०८३
  • बाढी, पहिरोमा बेपत्ता भएका परिवारलाई मृतकसरह राहत दिने सरकारको निर्णय

    बाढी, पहिरोमा बेपत्ता भएका परिवारलाई मृतकसरह राहत दिने सरकारको निर्णय

    काठमाडौँ– सरकारले बाढी, पहिरो जस्ता मनसुनजन्य घटनामा परी बेपत्ता भएका परिवारलाई मृतकसरह राहत दिने भएको छ। हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले २०८० वैशाख १ गतेदेखि यताका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई यस्तो राहत उपलब्ध गराउने निर्णय गरेको हो।

    सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार त्यस्तो विपद्मा बेपत्ता भएको व्यक्ति १० दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी सम्बन्धित जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकसरह राहत उपलब्ध गराउने निर्णय भएको हो।