काठमाडौँ– चालु आर्थिक वर्ष २०८१–८२ को माघ मसान्तसम्ममा ५२ करोड ५ लाख २२ हजार रुपैयाँको १०३९९.५६ मेट्रिक टन कोदो आयात भएको छ ।
यसमध्ये २ लाख २३ हजार रुपैयाँको ४.०७ मेट्रिक टन बीउ कोदो आयात भएको छ भने ५२ करोड ३ लाख रुपैयाँको १ हजार ३९४.९८ मेट्रिक टन अन्य कोदो आयात भएको भन्सार विभागले जनाएको छ।
सो परिमाणमा कोदो आयात हुँदा ३ करोड ९० लाख ९२ हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ।