आज २५ अर्बको निक्षेप उपकरण बोलकबोल गर्दै नेपाल राष्ट्र बैंक - Chaitanya News
  • 2026-07-01
  • 02:11:29
  • मंगलबार,आषाढ १६, २०८३
  • आज २५ अर्बको निक्षेप उपकरण बोलकबोल गर्दै नेपाल राष्ट्र बैंक

    आज २५ अर्बको निक्षेप उपकरण बोलकबोल गर्दै नेपाल राष्ट्र बैंक

    काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (मंगलबार) दिउँसो ३ बजे २५ अर्ब रुपैयाँ बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट गर्दैछ। केन्द्रीय बैंकले उक्त परिमाणको २१ दिन अवधिको निक्षेप बोलकबोल प्रक्रियाको माध्यमबाट संकलन गर्न लागेको जनाएको छ।

    बैंकले आज सार्वजनिक गरेको सूचनाअनुसार ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ। घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोलमा भाग लिन सकिनेछ।

    केन्द्रीय बैंकले उक्त बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिने गरी धितोसम्बन्धी व्यवस्था गरिएको छ। बैंकको सूचनामा बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने उल्लेख छ। निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्।

    निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ भने समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कूल निष्कासित रकमभन्दा बढी भएका प्रो रेट बेसिसमा बाँडफाँड जनाइएको छ।

    निक्षेप सङ्कलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याजदरसहित सङ्कलन निक्षेप रकम सम्बन्धित बैंकले केन्द्रीय बैंकको खातामा जम्मा गर्नेछ। केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप सङ्कलनको उपकरणको बोलकबोल तथा निष्काशन गर्न लागेको हो। बैंकले सावा तथा ब्याज भुक्तानी आगामी चैत ६ गते गर्नेछ।