काठमाडौँ– पशुपति क्षेत्रमा साधुसन्तको चहलपहल बढेको छ । यस वर्षको महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा बाबा तथा साधुसन्तको उपस्थिति र चहलपहल निकै बढेको हो ।
छिमेकी देश भारत, बंगलादेश तथा नेपालका विभिन्न स्थानबाट साधुसन्तको पशुपति क्षेत्रमा आइसकेका छन्। भारतमा जारी महाकुम्भ मेलाको कारण यस वर्ष तुलनात्मक रूपमा साधुसन्तको उपस्थिति कम हुने आकलन गरिएको छ।
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ।
पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि दश उपसमिति गठन गरिएको प्रचारप्रसार तथा सजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिए।