२०८१ को दण्डपाणिनन्दकुमारी पुरस्कार अन्सारीलाई - Chaitanya News
  • 2026-07-01
  • 00:09:51
  • मंगलबार,आषाढ १६, २०८३
  • २०८१ को दण्डपाणिनन्दकुमारी पुरस्कार अन्सारीलाई

    २०८१ को दण्डपाणिनन्दकुमारी पुरस्कार अन्सारीलाई

    काठमाडौं– २०८१ सालको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार अधिवक्ता एवं मानव अधिकारकर्मी मोहना अन्सारीले पाउनले भएकी छन् ।

    दण्डपाणि अर्ज्याल स्मृति केन्द्रको कार्यसमितिको बैठकले सो निर्णय गरेको महासचिव कपिलचन्द्र खनालले जानकारी दिए।

    २०६२ सालमा स्थापित स्मृतिकेन्द्रले आफ्नो स्थापनाकालदेखि नै राष्ट्रिय महत्त्वका विषयमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ।

    यसभन्दा अघि इतिहासविद् ज्ञानमणि नेपाल, साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकार तुलसीराम वैद्य , इतिहासकार दिनेशराज पन्त , साहित्यकार डा. मोदनाथ प्रश्रित, शिक्षासेवी प्रा।डा। सुरेशराज शर्मा लगायतले उक्त पुरस्कार पाएका थिए।

    आगामी १७ पागुनमा प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। पुरस्कारको राशी ५० हजार रुपैंया रहेको छ।

    गोरखामा जन्मिएका दण्डपाणि अर्ज्याल इतिहास ,ज्योतिष शास्त्र र संस्कृतिका अध्येता थिए। उनी र उनकी पत्नीको नाममा पुरस्कार स्थापना गरिएको हो।