काठमाडौं– आगामी आर्थिक वर्ष २०८२–८३ का लागि गठन भई काम थालेको राजस्व परामर्श समितिले सरोकारवालाबाट राय–सुझाव मागेको छ। समितिले ३१ चैतसम्म सुझाव पठाउन भनेको हो।
समिति अन्तर्गत विभिन्न उपसमिति बनाइएका छन्। त्यस्तो सुझाव यी उपसमितिमा समेत पठाउन सकिने समितिले जारी गरेको सूचनामा छ।
आगामी आवको राजस्व नीति बनाउने उद्देश्यले गठित समितिको उपसमितिमा आन्तरिक राजस्व, भन्सार, उद्योग वाणिज्य, लगानी तथा निर्यात प्रवर्द्धन, राजस्व चुहावट नियन्त्रण तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान छन्।
यसैगरी कृषि, ऊर्जा तथा पर्यटन क्षेत्र उपसमिति, बैंक, वित्तीय संस्था, बीमा, सहकारी तथा पूँजीबजार र गैरकर तथा अन्तरसरकारी राजस्व व्यवस्थापन उपसमिति समेत गठन गरिएका छन्।
राजस्व परामर्श समिति अर्थ मन्त्रालयका राजस्व सचिवको नेतृत्वमा गठन गर्ने गरिन्छ।