बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? - Chaitanya News
  • 2026-07-01
  • 00:08:26
  • मंगलबार,आषाढ १६, २०८३
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ– साताको दोस्रो दिन आज (सोमबार) पनि नेपाली बजारमा सुनको मूल्य बढेको । आइतबार तोलामा ३०० रुपैयाँ बढेको छापावाल सुनको मूल्य सोमबार थप ५०० रुपैयाँ वृद्धि भएर कारोबार भएको हो।

    जसअनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको थियो। यसअघि शुक्रबार सुनको मूल्य १ लाख ७० हजार रुपैयाँ कायम थियो।

    यसैगरी सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ।