दार्चुलामा भएको भारतको ज्यादतीप्रति सरकारको निरीहता हाम्रो पुस्तालाई स्वीकार्य छैन : रवि लामिछाने - Chaitanya News
  • 2026-04-28
  • 01:23:25
  • सोमबार,बैशाख १४, २०८३
  • दार्चुलामा भएको भारतको ज्यादतीप्रति सरकारको निरीहता हाम्रो पुस्तालाई स्वीकार्य छैन : रवि लामिछाने

    दार्चुलामा भएको भारतको ज्यादतीप्रति सरकारको निरीहता हाम्रो पुस्तालाई स्वीकार्य छैन : रवि लामिछाने

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले दार्चुलामा भारतीय पक्षबाट भइरहेको ज्यादतीप्रति नेपाल सरकारले निरीहता देखाएको आरोप लगाएका छन्।

    भारतीय पक्षबाट भएका व्यवहारले आफ्नो नागरिकतको ज्यान जाँदा, घाइते हुँदा, भूमि मिचिँदा नेपाल सरकार केही नभएको जस्तो गरेर बस्दै निरीहता देखाएको भन्दै उनले आफूहरुको पुस्तालाई स्वीकार्य नहुने बताएका छन्।

    ‘वर्षौंको यो निरीहताको कारण के होला? लामिछानेले प्रश्न गरेका छन्, ‘आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नुभन्दा अर्को महत्वपूर्ण कुरा के हुन्छ राज्यको? आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तर्राष्ट्रिय सन्धी सम्झौताका पाना–पाना पल्टाएर बुँदा बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार?आफ्नो हक पाउनु भनेको कसैको विरोध गर्नु होइन, कसैसँग जोरी खोज्नु होइन भन्ने कुटनीति बनाउन के ले रोक्छ सरकारलाई?

    समस्या समाधानका लागि वार्ता गर्नुपर्ने भन्दै उनले भनेका छन्, ‘नयाँ पुस्ताको आगमन भइसकेको छ। त्यसैले अब नयाँ शीराबाट कुरा गरौं। दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो, तय गरौँ। तर, निरीहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन।’