शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ प्रदेशको ७ वटा पालिकामा मेगा किचेन सञ्चालन गर्ने - Chaitanya News
  • 2026-07-01
  • 00:08:37
  • मंगलबार,आषाढ १६, २०८३
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ प्रदेशको ७ वटा पालिकामा मेगा किचेन सञ्चालन गर्ने

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ प्रदेशको ७ वटा पालिकामा मेगा किचेन सञ्चालन गर्ने

    काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ प्रदेशको ७ वटा पालिकामा मेगा किचेन सञ्चालन गर्ने भएको छ ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार मेगा किचेन स्थापना र सञ्चालन सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहलाई ५० लाखको दरले बजेट तथा कार्यक्रम पठाइएको छ ।

    मोरङको विराटनगर महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, कास्कीको पोखरा महानगरपालिका, दाङको घोराही उपमहानगरपालिका, सुर्खेतको विरेन्द्रनगर नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा मेगा मिचेन सञ्चालन हुने छ ।

    मेगा किचेन स्थापना कार्य(सञ्चालन संहिता, २०८१ अनुसार गर्न केन्द्रले निर्देशन दिएको छ। मेगा किचेन भनेको स्थानीय तह भित्रका विद्यालयका विद्यार्थीलाई एकीकृत गरी खाजा खुवाउने कार्यक्रम हो।