काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो भने,देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। यो सँगै सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।