धनगढी– धनगढीस्थित शिवनगरमा रहेको चैतन्य पाठशालाको प्राचार्यमा प्रेमनिधि ओझा नियुक्त भएका छन।आज (बिहिबार) विद्यालय व्यवस्थापन समितिले ओझालाई प्राचार्यमा नियुक्त गरेको हो।
विद्यालयमा लामो समयदेखि कटक बहादुर सिंहले प्राचार्यको जिम्मेवारी सम्हालेका थिए, भने आज (बिहीबार) बाट तीन दशकभन्दा लामो समय धनगढीको प्रतिष्ठित विद्यालय ऐश्वर्य विद्या निकेतनमा शिक्षक,सहायक प्राचार्य हुँदै ४ वर्ष प्राचार्यको जिम्मेवारी सम्हालेका प्रेमनिधि ओझा गत माघ २९ गते ऐश्वर्यबाट सेवा निवृत भएका थिए।
![]()
शिक्षा क्षेत्रमा लामो अनुभव बटुल्नुभएका ओझा सरलाई प्राचार्यको रुपमा पाउँदा अत्यन्तै खुशी लागेको र अब विद्यालयले थप गति लिने चैतन्य पाठशाला धनगढीका अध्यक्ष गणेश प्रसाद जोशीले बताए। शिक्षा र संस्कारको संगम नारा दिइएको चैतन्य पाठशालाले छोटो समयमै धनगढीमा आफूलाई परिचित गराइसकेको छ।
![]()