आज सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ बढ्यो, चाँदीको मूल्य कति? - Chaitanya News
  • 2026-08-01
  • 03:56:07
  • शुक्रबार,साउन १५, २०८३
  • आज सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ बढ्यो, चाँदीको मूल्य कति?

    आज सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ बढ्यो, चाँदीको मूल्य कति?

    काठमाडौ– सुनको मूल्य तोलाको एक लाख पुग्नै लागेको छ। यसैक्रममा आज सोमबार पनि सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ र चाँदीको मूल्य १५ रुपियाँ बढेर कारोबार भइरहेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ९ सय रुपियाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ४ सय रुपियाँमा किनबेच भइरहेको छ।

    त्यसैगरी चाँदीको प्रतितोला १ हजार ३ सय ८५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।