काठमाडौं– गत वर्षको तुलनामा यसवर्ष निर्यात घटेको छ । गत वर्षको तुलनामा यसवर्ष आयात बढेको छ।
राष्ट्रिय सभामा प्रस्तुत तथ्याङ्क अनुसार गत पुस महिनासम्मको समीक्षा अवधिमा कूल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.८५ ले वृद्धि भएर ९८ अर्व ७९ करोड कायम भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ७.२५ ले कमी आएको थियो।
समीक्षा अवधिमा कुल वस्तु आयात ७.१५ ले वृद्धि भएर ८ खर्ब २२ अर्ब ३७ करोड कायम भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल वस्तु आयात ३.१५ ले घटेको थियो।
समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ४.४५ ले वृद्धि भएर ७ खर्व २३ अर्ब ५८ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २.६५ ले घटेको थियो।
समीक्षा अवधिसम्म विप्रेषण आप्रवाह नेपाली मुद्रामा ४.१५ ले वृद्धि भएर ७ खर्ब ६३ अर्ब ८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२५ ले बढेको थियो। समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्व २६ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको थियो।
२०८१ पुस मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तको २० खर्व ४१ अर्व १० करोडको तुलनामा १३.५५ ले वृद्धि भएर २३ खर्व १६ अर्व ८४ करोड कायम भएको छ। २०८१ पुस मसान्तमा कायम कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २४.३५ रहेको छ।