सिड्नी– २०२० यता पहिलो पटक अस्ट्रेलियाको केन्द्रीय बैंकले ब्याजदर घटाएको छ। बैकले आचज (मंगलबार) ब्याजदर घटाएको हो। चार वर्षभन्दा बढी समययता पहिलो पटक ‘रिजर्भ बैंक अफ अस्ट्रेलिया’ (आरबीए)ले ब्याजदर घटाएको हो ।
योसँगै आरबीए पनि ब्याजदर कटौती गरिरहेका अन्य प्रमुख केन्द्रीय बैंकको सूचिमा उक्लिएको छ। महँगी घट्दै गएसँगै पछिल्लो समय धमाधम ब्याजदर घटाउने क्रम चलिरहेको छ। आरबीएले प्रमुख नीतिगत ब्याजदर २५ आधार बिन्दुले घटाएर ४ दशमलव १० प्रतिशतमा झारेको छ।
ब्याजदरमा गरिएको यो कटौती २०२० को नोभेम्बरयता पहिलो पटक हो। त्यतिबेला कोरोना भाइरसको महामारी चलिरहेको समयमा अर्थतन्त्र सुस्ताइरहँदा आर्थिक गतिविधिलाई टेवा दिन बैंकले ब्याजदर घटाएर कीर्तिमानी न्यून स्तरमा झारेको थियो।
गएको वर्षको अन्त्यदेखि विश्वका अन्य प्रमुख केन्द्रीय बैंकको तुलनामा मौद्रिक नीति खुकुलो बनाउने कुरामा आरबीए पछाडि रहँदै आएको थियो। एजेन्सी