काठमाडौं – नेपाल कृषि प्रधान देश हो। यहाँको अर्थतन्त्रमा धान उत्पादनको महत्त्वपूर्ण भूमिका रहेको छ। तर, हालको जलवायु परिवर्तन, प्राकृतिक विपद् र अन्य कृषि चुनौतीहरूका कारण धान उत्पादनमा विविध उतारचढाव देखिँदै आएको भएपनि यस वर्ष भने सरकारले धानको ४.४ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरेको छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार गत वर्ष धानको उत्पादन ४.३ प्रतिशतले बढेको थियो भने, यो वर्षको चालू आर्थिक वर्षमा धानको उत्पादन ४.४ प्रतिशत बढ्ने अनुमान रहेको छ।
गत वर्ष भन्दा धानको उत्पादन अझ बढ्ने अनुमान रहेको मन्त्रालयले जनाएको छ। यस्तो तथ्याङ्क यही माघ २७ गते राष्ट्रिय सभामा प्रस्तुत भएको हो।
प्रस्तुत तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमासिक अवधिमा उद्योगको औसत क्षमता उपयोग ४८–३३ रहेको थियो। बैंकिङ क्षेत्रको तरलतामा देखिएको सुधार, घट्दो व्याजदर, अन्तर्राष्ट्रिय बजारमा तेल तथा अन्य कच्चा पदार्थको मूल्यमा कायम रहेको स्थिरता लगायतका कारण उद्योग सञ्चालनमा केही सुधार आउने अनुमान रहेको छ।
आर्थिक वर्ष २०८१–८२ मा मुद्रास्फितिलाई ५.५५ को सीमाभित्र राख्न सहयोग पुग्ने गरी मौद्रिक व्यवस्थापन गर्ने लक्ष्य रहेकोमा समीक्षा अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित औसत मुद्रास्फिति ४.९७५ कायम रहेको छ।
समीक्षा अवधिमा वृहत् मुद्रा प्रदाय ३.९५ ले बढेको छ। अघिल्लो वर्ष सोही अवधिमा उक्त मुद्रा प्रदाय ६.५५ ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८१ पुष मसान्तमा विस्तृत मुद्रा प्रदाय १०.२५ ले बढेको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु. २ खर्ब ६५ अर्ब ५६ करोड अर्थात् ५.२५ ले बढेर रु. ५३ खर्ब ३९ अर्ब ५२ करोड पुगेको छ।
समीक्षा अवधिमा कूल आन्तरिक कर्जा १.२५ ले बढेको छ। वार्षिक विन्दुगत आधारमा २०८० पुष मसान्तसम्म यस्तो कर्जा ४.८५ ले बढेको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रु. २ खर्ब ३९ अर्व ६ करोड अर्थात् ३.७५ ले बढेर रु.६६ खर्व ९१ अर्ब ४४ करोड पुगेको छ।