काठमाडौँ– आज (मंगलबार) का लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार आज तरुल ७५, रातो आलुको औसत मूल्य प्रतिकेजी ३४ रुपैयाँ रहेको छ। प्याज ७६ रुपैयाँ, मटरकोशा ५५ रुपैयाँ, लोकल गाजर २७.६७ रुपैयाँ, सेतो मूला हाइब्रिड २० रुपैयाँ प्रति केजी रहेको छ।
स्थानीय काउली १२.३३ रुपैयाँ, बन्दा लोकल १२.३३ रुपैयाँ, लौका ५५ रुपैयाँ, तितो करेला ११५ रुपैयाँ र ठुलो गोलभेँडा भारतीय ५५ रुपैयाँ प्रति केजी तोकिएको छ।