काठमाडौं– एनएमबि बैंकले मंसिर २६ गतेदेखि संस्थापक समूहको ४४ हजार ७६१ कित्ता सेयर बिक्री खुला गर्ने भएको छ। बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १८० रुपैयाँ तोकेको छ। तसर्थ, लगानीकर्ताले १८० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ। यसमा बैंककै संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले पुस ४ गते दिउँसो २ बजेसम्म शिलबन्दी बोलपत्रमा आवेदन पेश गर्नुपर्नेछ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन्। यसमा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ। ५ लाख रुपैयाँ भन्दा बढी रकमको आवेदन दिनेले प्यान नम्बर पनि फारममा उल्लेख गर्नु पर्नेछ।