काठमाडौं–१४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको काज सरुवा भएको छ । आज (आइतबार) प्रहरी प्रधान कार्यालयले १४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको काज सरुवा गरेको हो ।
सरुवाको सूचीमा जिल्ला प्रमुखदेखि इलाका प्रमुखसम्म छन्। जिल्ला प्रहरी कार्यालय रसुवाको प्रमुखमा डीएसपी हेमबहादुर शाहीलाई सरुवा गरिएको छ।
रसुवामा रहेका डीएसपी केशव भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीको पसर्ननल सेक्युरेटी अफिसर (पीएसओ) को जिम्मेवारी दिइएको छ।
डीएसपी रवीन्द्र खनाललाई जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा गरिएको छ। मीन बहादुर लामालाई प्रहरी प्रधान कार्यालयमै मानव स्रोत विभागमा सरुवा गरिएको छ।
त्यस्तै जेशी साहलाई कारागार सुरक्षा कार्यालय सुन्धारामा काज सरुवा गरिएको छ। जीवन निरौलाको भने जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा सरुवा भएको छ।
निरन्जन थापाको वृत्त महाराजगञ्जमा सरुवा भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दलाई प्रहरी वृत्त जनसेवाको जिम्मेवारी दिइएको छ। खगेन्द्रबहादुर खड्कालाई चन्दको ठाउँ झापामा पठाइएको छ।
विकास थापा इलाका प्रहरी कार्यालय गजुरी धादिङमा सरुवा भएका छन्। ज्ञानकुमार महतो जिल्ला प्रहरी कार्यालय दोलखाको प्रमुखमा सरुवा भएका छन्।
अर्का डीएसपी राजन लाामालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको जिम्मेवारी दिइएको छ। इन्द्रबहादुर रानालाई इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा गरिएको छ।
विजयराज पण्डितलाई भने गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ।