दोलखामा नेकपा माओवादीका गंगा कार्की विजयी - Chaitanya News
  • 2026-04-28
  • 01:23:25
  • सोमबार,बैशाख १४, २०८३
  • दोलखामा नेकपा माओवादीका गंगा कार्की विजयी

    दोलखामा नेकपा  माओवादीका  गंगा कार्की विजयी

    दोलखा– दोलखामा नेकपा माओवादी केन्द्रका गंगा कार्की प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।

    कार्कीले प्रतिस्पर्धी एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीलाई झिनो मतान्तरले हराएका हुन्। शिवाकोटीलाई ३ सय १८ को मतान्तरले पराजित गर्दै कार्की विजयी भएका हुन्।

    कार्कीले ३६ हजार ७९९ मत ल्याउँदा एमालेका शिवाकोटीले ३६ हजार ४८९ मत ल्याएका छन् ।गत ४ मंसिरमा भएको निर्वाचनमा दोलखाका केही मतदान केन्द्रमा ‘बुथ कब्जा’ भएको निष्कर्षसहित पुनः मतदान गराइएको थियो।

    दोलखाका १० वटा मतदान केन्द्रमा १५ मंसिरमा पुनः निर्वाचन भएको थियो। मतगणनाका क्रममा यी दुई उम्मेदवारबीच रोचक प्रतिस्पर्धा भएको थियो।