काठमाडौँ– अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
शुक्रबार तोलाको १ लाख ७० हजार २०० रुपैयाँ रहेकोमा आइतबार २ हजार ७ सय रुपैयाँले घट्दै १ लाख ६७ हजार ५ सय रुपैयाँ प्रति तोला कायम भएको हो।
आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार १ हजार ९७० रुपैयाँ कायम भएकोमा आइतबार १ हजार ९५५ रुपैयामा कारोबार भइरहेको छ।