काठमाडौं– आज (आइतबार) का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा छ भने बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७० पैसा निर्धारण गरिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रूपैयाँ ४० पैसा र बिक्रीदर १७५ रूपैयाँ १५ पैसा कायम गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ३४ पैसा तय गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रूपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३० पैसा र बिक्रीदर १०३ रूपैयाँ ७५ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
जापानी येन १० को खरिददर ०९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ०९ रुपैयाँ १२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८ रुपैयाँ १९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्री दर ३१ रुपैयाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १२ रुपैयाँ ९७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४५ पैसा र बिक्री दर १९ रुपैयाँ ५३ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ५० पैसा र बिक्रीदर ४५१ रुपैयाँ ४४ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ३७ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ६० पैसा निर्धारण भएको छ ।
यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ।