काठमाडौँ– माघ मसान्तसम्ममा दुई लेनभन्दा बढीका ३०.५८ किलोमिटर सडक कालोपत्र भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को माघ मसान्तसम्ममा ३०.५८ किलोमिटर दुई लेनभन्दा बढीको सडक कालोपत्र भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जानकारी दिए।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग ५६ किलोमिटर सडक खन्ने लक्ष्य लिएकोमा ७८.५ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको उनले बताए।