मझगाउँ विमानस्थलका लागि जग्गा दिन नेपाली सेना भयो सहमत - Chaitanya News
  • 2026-06-30
  • 20:14:01
  • मंगलबार,आषाढ १६, २०८३
  • मझगाउँ विमानस्थलका लागि जग्गा दिन नेपाली सेना भयो सहमत

    मझगाउँ विमानस्थलका लागि जग्गा दिन नेपाली सेना भयो सहमत

    काठमाडौँ– कञ्चनपुरको महेन्द्रनगरमा रहेको मझगाउँ विमानस्थल निर्माणको लागि ग्गा दिन नेपाली सेना सहमत भएको छ ।
    आज (शुक्रबार) गृहमन्त्रालयमा गृहमन्त्री रमेश लेखक, गृहसचिव र प्रधानमन्त्रीसहितको उच्चस्तरीय बैठकबाट मझगाउँ विमानस्थलको काम अघि बढाउने सहमति भएको हो।

    बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा विमानस्थल निर्माणका लागि उपयोग गर्ने दिन, सेनाको फुटबल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने विषयमा क्षेत्रमै बनाइने विषयमा सहमति भएपछि योजनाले गति लिने भएको छ।

    बैठकमा बोल्दै गृहमन्त्री लेखकले लामो समयदेखि विमानस्थल निर्माणको विषय थाती रहेको र सुल्झाउन आग्रह गर्नुभएको थियो।

    २०७८ माघमा विमानस्थल पुनर्निर्माणका लागि ठेक्का भएको थियो भने हाल एक हजार तीन सय मिटर विमानस्थलको रन्वे कालोपत्रे हुने चरणमा पुगिसकेको छ। विमानस्थल विस्तार गर्न दक्षिणतर्फ सेनाको ६ बिघा जग्गा विमानस्थलले लिने विषयमा यसअघि सहमति हुन नसक्दा निर्माण विमानस्थल विस्तार प्रभावित हुँदै आएको थियो।

    विमानस्थल विस्तारका क्रममा विमानस्थलको दक्षिणतर्फ सेनाको ६ बिघा जग्गा विमानस्थलले लिने विषयमा यसअघि सहमति हुन नसक्दा निर्माण प्रभावित हुँदै आएको थियो । शुक्रबारको बैठकमा सम्बद्ध सबै निकाय सम्मिलित टिम महेन्द्रनगर पठाउनुका साथै रनवे निर्माणको काम तत्काल सुरु गर्ने सहमति भएको गृहमन्त्री लेखकले जानकारी दिए।

    बैठकमा सम्बद्ध सबै निकाय सम्मिलित टिम महेन्द्रनगर पठाउनुका साथै रनवे निर्माणको काम तत्काल सुरु गर्ने भएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । ‘यसअघि पनि छुट्टा–छुट्टै धेरै चरणमा सहमति र निकासका लागि छलफल भए तर निकास निस्केको थिएन’, उनले भने, ‘आज सम्वद्ध निकायको संयुक्त बसाइँले सहमति भएर विमानस्थलको निर्माण तत्काल अघि बढ्यो भयो।’

    बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले सेनाको जग्गा विमानस्थल निर्माणमा पर्दा कुनै असहमती नरहेको, सो क्रममा मिचिने फुटबल मैदान निकुञ्ज क्षेत्रकै खाली जमिनमा बनाउन पाउनुपर्ने र आवास निर्माणमा जोड दिएका थिए । सेनाले राखेको मागका विषयमा सम्बद्ध मन्त्रालयका मन्त्री र पदाधीकारीहरुले सैनिक संरचना र फुटबल मैदानका विषयमा सकारात्मक रहेको बताएका छन् ।

    बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, रक्षामन्त्री मानबीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ र नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले विमानस्थल निर्माणका लागि अवरोध हटाएर अघि बढ्ने विषयमा सकरात्मक हुनुपर्नेमा जोड दिए ।