मेरो नागरिकताको पछि होइन्, जनताको पछि लाग्नुस्र : रवि लामिछाने - Chaitanya News
  • 2026-04-23
  • 12:43:01
  • बिहिबार,बैशाख १०, २०८३
  •  मेरो नागरिकताको पछि होइन्, जनताको पछि लाग्नुस्र : रवि लामिछाने

     मेरो नागरिकताको पछि होइन्, जनताको पछि लाग्नुस्र : रवि लामिछाने

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकताको पछि होइन् जनताको समस्या र बेथिति अन्त्यका लागि काम गर्न सुझाव दिएका छन्।

    उनले अझै पनि ठूला दलका ठूला नेताको नचेतेको बताउँदै यही रवैया कायम रहे अर्को चुनावमा झन ठूलो नोक्सान भोग्नुपर्ने चेतावनी पनि दिएका छन्।

    रवि भन्छन्, ‘अझै मेरो पछि लाग्नुभएको छ। फेरि मेरो पछि लाग्नुभयो। अझै पनि नागरिकता केशमा यसलाई हाल्न सकिन्छ कि? भनेर लागिरहनु भएको छ। अझै पनि त्यहाँ ठाउँ छ कि? यसलाई फँसाउन सकिन्छ कि? भनेर भन्ने सोच उहाँहरुमा देखिन्छ।’

    उनले थपे, ‘म एउटा मानिस नभएर के फरक पर्छ र ? बेथितिविरुद्ध लागेकाले खोजी खोजी समाउने कि मेरा कमजोरी खोज्दै हिंड्ने?बेथिति भयो है, भ्रष्टाचार नगर्नु है, फोहोरी खेलमा नडुब्नु है, देशको अस्मिता जोगाउनु है, देशको सीमा जोगाउनु है, राष्ट्रको स्वाभिमान जोगाउनु है, त्यो कुरा हेर्नुपथ्र्यो। उहाँहरु मेरो नागरिकताको पछि लाग्नुभयो।’

    मुलुकमा जनताले अपेक्षा गरेको राजनीति अर्कै छ भन्दै उनले मानिसको चुरोमा नेपालीको राजनीति अझै पुग्न नसकेको बताए। रविले मुट्ठीभर मानिसको पहुँचमा राजनीति रहेको बताए। उनले फाइदा लिने व्यक्तिहरुले राजनीतिलाई घेरेर राखेको बताउँदै त्यहाँबाट बाहिर निस्किएर जनततिर जान पनि ठूला नेता र दलहरुलाई सुझाव दिए।

    रविले भने, ‘खराब मानिसहरुको घेराबाट बाहिर निस्किनुस् र जनतका कुरा सुन्नुस्।’ बाटोघाटो खराब छ। वातावरण बिग्रिएको छ। युवालाई रोजगारी छैन्। सबै कुरा बिग्रिएको अवस्थामा यसलाई ठिक गर्नु भनेर मैले खबरदारी गर्दा उल्टै आफूलाई खबरदारी गर्ने काम उनीहरुले गरेको बताए।

    मलाई कस्ले गाली गर्यो? मलाई कस्ले फँसाउन खोज्यो? भनेर पछि लागेको भए म कहाँ अहिले यहाँ हुन्थे र? भन्दै रविले त्यो अवस्था भएको भए अहिले राजनीतिक दलको रुपमा जनताको अपेक्षा बोकेर हिँड्ने अवस्थामा हुन्थिन भने।

    उनले भने, ‘अझै पनि केही बिग्रिएको छैन्। छोडदिनुस् मलाई। मैले भनेका टेलिभिजनको सात–आठ सय एपिसोड एकचोटी हेरिदिनुस् मात्रै। मैले जे भनेको छु, अहिले जनताले मतमार्फत प्रकट गरेको छु।’

    हाम्रो टाउकोमा आएको जिम्मेवारी बहन गर्न आफूहरु सक्षम रहेको रविले बताए। विभिन्न क्षेत्रमा काम गरेका मानिसहरु अहिले राजनीतिमा आउनु जरुरी थिएन् भन्दै उनले ठूला दल र नेताले सिर्जना गरेको बेथितिका कारण बाध्य भएर आउनु परेको बताए। आफ्नो काम गर्न छोडेर ठूला दल र नेताहरु म जस्ता व्यक्तिलाई सिध्याउनेतर्फ मात्रै ध्यान दिनुभयो भने अर्को चुनावमा महावीर पुन, राजेश हमाल, पारस खड्का, विजय लामा, अनिल शाह जस्ता गैरराजनीतिक मानिसहरु राजनीतिमा आउन बाध्य हुने बताए। ‘ठूला दल र नेताले देशलाई निकास नदिएपछि नआएर के गर्नु ?’ रविले प्रश्न गरे।