दोलखाबाट प्रदेश सभामा कांग्रेसका कुन्दनराज काफ्ले निर्वाचित - Chaitanya News
  • 2026-04-28
  • 01:23:40
  • सोमबार,बैशाख १४, २०८३
  • दोलखाबाट प्रदेश सभामा कांग्रेसका कुन्दनराज काफ्ले निर्वाचित

    दोलखाबाट प्रदेश सभामा कांग्रेसका कुन्दनराज काफ्ले निर्वाचित

    काठमाडौं- दोलखा प्रदेश सभा क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दराज काफ्ले विजयी भएका छन् ।
    कांग्रेस उम्मेदवार काफ्ले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई ७,८७५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।

    काफ्लेले २३ हजार २३१ मत पाएका छन् । नेकपा एमालेका श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त गरेका छन् ।
    प्रदेश सभा–१ बाट भने नेकपा एमालेका भरत केसी निर्वाचित भएका छन् । काफ्लेले २०५५ सालमा पशुपति क्याम्पसबाट विद्यार्थी राजनीति शुरु गरेका थिए ।

    २०६० सालमा पशुपति क्याम्पस स्ववियू सभापति बनेका काफ्ले २०६१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बने । त्यसैगरी २०६४ सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष बनेका काफ्ले २०७३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्री बनेका थिए ।