सेयर बजार १.८६ अंकले बढ्यो - Chaitanya News
  • 2026-06-30
  • 20:36:46
  • मंगलबार,आषाढ १६, २०८३
  • काठमाडौं– साताको चौतौं दिन आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से १.८६ अंक बढेको छ। १.८६ अंक वृद्धिपछि नेप्से २६८५ अंकमा कायम भएको छ।

    परिसूचकमा सामान्य वृद्धि हुँदा कारोबार रकम बढेको छ। अघिल्लो दिन ७ अर्ब २४ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७१ करोडको भयो।

    १३४ कम्पनीको मूल्य बढ्दा ९९ को घट्यो भने ११ को स्थिर रह्यो। यस दिन विकास बैंक, फाइनान्स र लगानी सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएकोछ । विकास बैंक १.३३, फाइनान्स १.५६ तथा लगानी १.२२ प्रतिशत बढे।

    जीवन बीमा ०.४८ प्रतिशत बढ्यो। बैंकिङ ०.०९, होटल तथा पर्यटन ०.६३, हाइड्रोपावर ०.०४, उत्पादन ०.३१, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.०३, अन्य ०.४७ र व्यापार समूह ०.९१ प्रतिशत घटे।

    गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो। रिभरफल्स पावरको ८.०२, न्यादी हाइड्रोपावरको ७.५९, ग्रीन डेभलपमेन्ट बैंकको ७.४६, सिन्धु विकास बैंकको ७.०८ तथा भूगोल इनर्जीको ७.०७ प्रतिशत मूल्य बढ्यो।

    दुई कम्पनी उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो। रसुवागढी हाइड्रोपावरको ९.३ तथा बाराही हाइड्रोको ४.८ प्रतिशत घट्यो।
    कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, रिभर फल्स पावर, न्यादी हाइड्रोपावर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे।