फागुनमा कुन बैंकबाट कति पाइन्छ ब्याज ? - Chaitanya News
  • 2026-06-30
  • 20:38:47
  • मंगलबार,आषाढ १६, २०८३
  • फागुनमा कुन बैंकबाट कति पाइन्छ ब्याज ?

    फागुनमा कुन बैंकबाट कति पाइन्छ ब्याज ?

    काठमाडौँ– फागुन महिनामा अधिकांश बैंकहरुले ब्याजदरलाई स्थिर राखेका छन्। बैंकहरुले आज (बुधबार) प्रकाशित गरेको नयाँ ब्याजदर तालिका अनुसार सबैजसो बैंकले माघको ब्याजदरलाई नै निरन्तरता दिएका हुन्।

    साधारण बचत खाताको ब्याजदर एकवर्षे संस्थागत र मुद्दती खाताको ब्याजदर हेर्दा सबै बैंकको माघको ब्याजदरलाई नै कायम गरेको देखिन्छ। लामो अवधिको ब्याजदरका लागि भने केही बैंकले ब्याजदर समायोजन गरेको देखिएको छ।

    यो अनुसार अहिले साधारण बचत खातामा एनआईशी एशिया बैंकले दिने ३.१० प्रतिशत ब्याजदर नै सर्वाधिक देखिएको छ भने अधिकांश बैंकको ब्याजदर ३ प्रतिशत नै छ। बैंकहरुले बेशेष प्रकारका बचत खातामा साधारण बचत खाताको तुलनामा २ प्रतिशत र रेमिट्यान्स खातामा थप १ प्रतिशतसम्म बढी ब्याजदर दिन पाउँछन्।

    एकवर्षे मुद्दती खातामा प्राइम कमर्शियल बैंकले ६ प्रतिशत ब्याजदर तोकेको छ। यो नै सबैभन्दा धेरै हो। एनएमबि र राष्ट्रिय वाणिज्य बैंकले दिने ४ प्रतिशत ब्याजदर सबैभन्दा न्यून हो।

    संस्थागत मुद्दती खातामा सानिमा बैंकले दिने ४.३० प्रतिशत ब्याजदर नै सबैभन्दा धेरै हो। यो खातामा ६ बैंकले ३ प्रतिशत ब्याजदर तोकेका छन् जुन सबैभन्दा कम हो। एक वर्ष भन्दा कम र बढी अवधिको लागि भने यो ब्याजदर केही फरक तोकिएको छ।

    हेर्नुहोस् फागुन महिनाका लागि बैंकको ब्याजदर:

    कृषि विकास बैंक:
    कृषि विकास बैंकले फागुन महिनाका लागि साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२६ प्रतिशत र ३.०० प्रतिशत ब्याजदर तोकेको छ।

    सिटिजन्स बैंक:
    सिटिजन्स बैंकले आगामी महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३।०० प्रतिशत, ५.५० प्रतिशत र ४.०० प्रतिशत ब्याजदर तोकेको छ।

    एभरेस्ट बैंक:
    एभरेस्ट बैंकले फागुन महिनाका लागि साधारण बचत एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दी खातामा क्रमशः ३.०५ प्रतिशत, ४.२५ प्रतिशत र ३.२५ प्रतिशत ब्याज दिनेछ।

    ग्लोबल आईएमई बैंक:
    ग्लोबल आईएमई बैंकले फागुन महिनामा महिनामा बैंकले साधारण बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.५० प्रतिशत ब्याज दिने जनाएको छ। बैंकले लामो अवधिको मुद्दती खाताको ब्याजदर भने ०.२५ प्रतिशत विन्दुले बढाएको छ।

    हिमालयन बैंक:
    फागुन महिनाका लागि हिमालयन बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ४.७५ प्रतिशत र ३.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

    कुमारी बैंक:
    कुमारी बैंकले फागुनका लागि साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ५.३१ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ।

    लक्ष्मी सनराइज बैंक:
    लक्ष्मी सनराइज बैंकले यसपटक व्यक्तिगत बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ४.०० प्रतिशत ब्याज तोकेको छ। बैंकले मुद्दती खाताको दीर्घकालीन ब्याजदर भने ०.२५ प्रतिशत घटाएको छ।

    माछापुच्छ्रे बैंक:
    माछापुच्छ्रे बैंकले फागुनमा साधारण बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.५० प्रतिशत ब्याज दिनेछ।

    नबिल बैंक:
    नबिल बैंकले फागुन महिनाका लागि बैंकले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ। योबाहेक अन्य सबै प्रकारका ब्याजदर समेत यथावत रहेका छन्।

    नेपाल बैंक:
    नेपाल बैंकले फागुन महिनाका लागि साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ४.२० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिने जनाएको छ।

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंक:
    नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) फागुन महिनाका लागि बैंकले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.१५ प्रतिशत ब्याज दिने जनाएको छ। यो अघिल्लो महिनाकै निरन्तरता हो।

    नेपाल एसबीआई बैंक:
    नेपाल एसबीआई बैंकले बचत, एकवर्षे व्यक्तिगत र एकवर्षे संस्थागत खाताका लागि लागि क्रमशः ३.०० प्रतिशत, ४.५१ प्रतिशत र ३.५१ प्रतिशत ब्याज दिनेछ।

    एनआईसी एसिया बैंक:
    एनआईसी एसिया बैंकले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.१० प्रतिशत, ५.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज तोकेको छ।

    एनएमबि बैंक:
    एनएमबि बैंकले फागुन महिनामा बैंकले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ३०० प्रतिशत ब्याज दिने जनाएको छ।

    प्रभु बैंक:
    प्रभु बैंकले आगामी महिना बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.१० प्रतिशत र ३.१० प्रतिशत ब्याजदर दिनेछ। बैंकले गत महिना पनि ब्याजदर यथावत राखेको थियो।

    प्राइम कमर्सियल बैंक:
    प्राइम कमर्शियल बैंकले फागुन महिनाका लागि पनि ब्याजदर यथावत राखेको छ। यस अनुसार बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.०० प्रतिशत र ४.०० प्रतिशत ब्याज दिनेछ। बैंकले गत महिना पनि ब्याजदर घटबढ गरेको थिएन।

    राष्ट्रिय वाणिज्य बैंक:
    राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशतलाई निरन्तरता दिएको छ।

    सानिमा बैंक:
    सानिमा बैंकले फागुन महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ५.३० प्रतिशत र ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ।

    सिद्धार्थ बैंक:
    सिद्धार्थ बैंकले फागुन महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०५ प्रतिशत, ५.५० प्रतिशत र ३.५० प्रतिशत ब्याजदर कायम गरेको छ।

    स्ट्यान्डर्ड चार्टर्ड बैंक:
    स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबै प्रकारका निक्षेपको खाताको ब्याजदर स्थिर राखेको छ। फागुन महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२५ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ।