काठमाडौँ – दोलखाको मत गणना अन्तिम तिर पुगेको बेला नेकपा माओवादी केन्द्र र एमालेका उम्मेदवारबीच कडा प्रतिष्पर्धा देखिएको छ ।
मत गणनाको पछिल्लो अपडेट अनुसार माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की १८३ मत मात्रले अगाडी रहेका छन् ।कार्कीले ३३ हजार ६ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३२ हजार ८२३ मत प्राप्त गरेका छन् ।
दोलखामा अब तीन गाउँपालिका ७ वडा बाँकि रहेका छन् । जसमा विगु गाउँपालिकाका १, २ र ३ नम्बर वडा रहेका छन् भने शैलुङका १ र २ तथा मेलुङका १ र ३ नम्बर वडाको मत गणना बाँकी रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।