आज बजार परिसूचक र कारोबार दुवै घट्यो, हाइलाइटमा यी पाँच कम्पनी - Chaitanya News
  • 2026-06-30
  • 18:33:42
  • मंगलबार,आषाढ १६, २०८३
  • आज बजार परिसूचक र कारोबार दुवै घट्यो, हाइलाइटमा यी पाँच कम्पनी

    आज बजार परिसूचक र कारोबार दुवै घट्यो, हाइलाइटमा यी पाँच कम्पनी

    काठमाडौँ– साताको दोस्रो दिन आज (सोमबार) सेयर बजार घटेको छ। आज बजार परिसूचक १०.९८ अंकले घट्दा परिसूचक २६७७.३२ अंकमा पुगेको हो। आज बजारमा ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन बजारमा ८ अर्ब ३३ करोडको कारोबार भएको थियो।

    समग्र बजार घट्दा आज १६१ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। ७७ कम्पनीको मूल्य बढ्दा ६ वटा कम्पनीको मूल्य स्थिर रहेको छ। घट्दो बजारबिच आज १३ वटा समूहमध्ये ११ वटा समूहको सूचकमा गिरावट आएको छ। यसमध्ये सबैभन्दा धेरै फाइनान्स समूहमा गिरावट आएको छ। अन्य समूह र व्यापारमूलक समूहको सूचक भने सामान्य बढेको नेप्सेको तथ्यांक छ।

    आज बजारमा मूल्य र कारोबार रकमका आधारमा पाँच वटा कम्पनी बढी चर्चा ९हाइलइट० मा रह्यो। यसमध्ये न्यादी ग्रुप पावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। त्यस्तै, बोटलर्स नेपाल र उपकार लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ।

    त्यस्तै, नेपाल रिपब्लिक मिडिया बजारमा सर्वाधिक कारोबार हुने कम्पनी बनेको छ। कारोबार संख्याका आधारमा पनि सोही कम्पनी अगाडी देखिएका छन्।